|  

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

१६ असार, काठमाडौं । काठमाण्डौको बालाजुमा सामान बोक्ने भ्यान र मोटरसाइकल ठोक्किदा १ जनाको ज्यान गएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको हो । भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।