|  

अनमोल केसी ‘छड्के २’ मा अनुबन्धित

१६ असार, काठमाडौं । नायक अनमोल केसी ‘छड्के’को सिरिजमा अनुबन्धित भएका छन् । फिल्मका निर्देशक निगम श्रेष्ठले अनमोल फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन् ।

अनमोलले एक दशक अघिको फिल्म ‘छड्के’को सिरिजमा काम गर्ने गरी साइन गरेका छन । अनमोलले यो फिल्ममा २ साता अगाडि साइन गरेको श्रेष्ठको भनाई छ । ‘छड्के २’ मा ‘छड्के’ को कथा जोडिएर नआउने निर्देशक श्रेष्ठले बताए ।

फिल्मले ग्याङस्टारको कथालाई कमेडी शैलीमा भन्ने छ । यो फिल्ममा विपिन कार्कीको पनि चर्चा थियो । तर कार्कीले चर्को पारिश्रमिक मागेपछि उनलाई निर्माताले यो फिल्ममा लिन नसक्ने बताएका छन । फिल्म निर्माण टिमले फिल्मको पहिलो पोस्टरसँग निर्माणको औपचारिक घोषणाको तयारी गरेको छ।