|  

महाकाली नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

१६ असार, काठमाडौं । महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको छ । भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म सिल्ट फ्लसिङ को काम हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बेलुका ८ बजेपछि पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।