|  

फिलिपिन्सको नयाँ राष्ट्रपतिमा मार्कोस जुनियरले शपथ लिँदै

१६ असार, काठमाडौं । फिलिपिन्समा आज फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । 
गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले पराजित गरेका थिए । उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि  फर्डिनान्ड मार्कोस  सत्ताच्युत भएका थिए । 
मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित  राष्ट्रिय संग्रहालयमा पद तथा गोपनीयताको शपथ लिनेछन । मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि  शपथ  हुन लागेको हो ।
निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन ।