|  

लुकाकु इन्टर मिलानमा आवद्ध

१६ असार, काठमाडौं । बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकु इन्टर मिलानमा आबद्ध भएका छन् । चेल्सीबाट लुकाकु इन्टर पुगेका हुन ।

प्रिमियर लिगबाट सिरी ए पुगेका लुकाकुले इन्टरमा ९० नम्बरको जर्सी पाएका छन । उनी चेल्सीबाट एक सिजनका लागि लोनमा इन्टर गएका हुन । गतवर्ष मात्रै इन्टरबाट चेल्सी पुगेका लुकाकु फेरि लोनमा पुरानै क्लब फर्किएका हुन । उनी गतवर्ष कीर्तिमानी रकम ९७.५ मिलियन पाउन्डमा इन्टरबाट चेल्सी पुगेका थिए । चेल्सीमा एक सिजन बिताएर २९ वर्षीय लुकाकु फेरि इन्टर फर्किएका हुन ।

लुकाकुले चेल्सीसँग गतवर्ष पाँच वर्षको सम्झौता गरेका छन । सन २०१४ मा चेल्सी छाडेर एभर्टन गएका उनी सात वर्षपछि गतवर्ष चेल्सी फर्किएका थिए । सन २०१४ देखि २०१७ सम्म एभर्टनबाट खेलेका लुकाकुले १६६ खेलमा ८७ गोल गरेका थिए । उनी सन २०१७ देखि २०१९ सम्म म्यानचेस्टर युनाइटेडमा रहेका थिए ।