|  

उपसभापति गुरुङ- ‘ठूलो घटना हुनबाट जोगियो, भगवानको कृपाले हामी सबै सकुशल छौं’ 

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन । गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए । उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए ।