|  

पानीको वहाव बढेपछि १४ नदीमा बज्यो खतराको घण्टी 

१६ असार, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले पानीको वहाव बढेपछि आज पनि नेपालका १४ नदीले खतराको घण्टी पार गरेका जनाएको छ ।

नारायणी, राप्ती, बागमती, लालबकाईया, कोशी, कर्णाली, गण्डकीका शाखा नदी गरि १४ नदीमा खतराको घण्टी बजेको छ । महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।  वर्षाको कारणले विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाको अनुरोध छ ।