|  

रुपन्देहीमा जङ्गली च्याउ खाँदा छ जना विरामी

१६ असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन ।

जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जनामध्ये पाँच जनाको अवस्था भने गम्भीर रहेको छ । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए ।