|  

सन २०२१ मा ५ हजार ९८१ जनामा क्यान्सर पहिचान

१६ असार, काठमाडौं । मंगोलियामा सन २०२१ मा ५ हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ।

त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ ।

क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत बिरामीको एक वर्षमा निधन हुने गरेको पनि विवरण छ । अघिल्लो वर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो ।

करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ । गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्यूनीकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरूले जनाएका छन् ।