|  

ग्लवानको सेरोफेरोमा भारत-चीन सम्बन्ध

२९ असार, काठमाडौं । संसारका सम्वृद्ध सभ्यताका सम्भावकभारत र चीनले १७ औं शताब्दी भन्दा पहिले संसारका पचास प्रतिशत जी.डि.पि ओगटेका थिए। सम्राज्यवाद र उपनिवेश वादका कारण यी दुई मुलुकहरूले उद्योगिक क्रान्ती र यान्त्रीकी करणवाट लाभलिन सकेनन् । इतिहासले कोल्टो फेरेको छ । सभ्यता जस्तै राष्ट्रको भाग्य र भविष्य समय चक्रले परिचालितहुने समाजवादी चिन्तक डा.राममनोहर लोहियाले  आफ्नो कालजयी पुस्तक“विल्स ऑफ हिस्ट्री”मा उल्लेख गरेका छन् ।

वास्तवमा संसारको आर्थिक कारोबार ट्रान्सएटलान्टिक (युरोप)बाट ट्रान्सप्यासिफिक तर्फ अवतरित भएको छ । अर्थतन्त्रको साथ साथै तनाव पनि यही क्षेत्रमा बढिरहेको छ । अर्थात् दक्षिण चीन सागर, ताइवान, सनकाकु टापु लगायतभारत चीन सीमाविवादलाई जानकारहरूले युद्धको हट स्पट (तनाव क्षेत्र)को रूपमा व्याख्या गरेका छन् ।भारतचीन सम्बन्धलाई सामीप्यताको कसीमा बॉध्न सकेको खण्डमा २१ औंशताब्दी“एसियाशताब्दी” नै थियो ।उनत संसारका मूर्धन्य सामरिक जानकार किशोर मेहवुवानीले भर्खरै एउटा पुस्तक“दएसियन २१ सेन्चुरी”को माधयमवाट २१ औं शताब्दीलाई “एसियन सेन्चुरी”को रूपमा चित्रित गरेका छन् ।

भारत-चीनको सीमा विवाद संसारको सब भन्दा बल्झिएको मुद्दाहरू मध्ये एक हो । सीमा विवादकाकारणले नै गर्दा यीदुई मुलुकहरूले सन् १९६२ मा युद्ध व्यहोरेका थिए ।ततपश्चात् उच्च कूटनीतिक संयन्त्रको माध्यमबाट द्वन्दलाई शिथिलीकरण गर्न यीदुई मुलुकहरू सफल भएकै हो । सन् २०१७को डोक्लम विवादपश्चात् चीनियॉ नीतिमा परिर्वतन देखिएको छ । डोल्कमविवादको राय र तापमा नै सन् २०२० माग्लामवन घाटी तनावज्वार भाटा विस्फोट भयो । सन् २०२० को जुनमा २० जना भारतीय सैनिकहरू सहादतप्राप्त गरे ।

साथ साथै भारतले कैलाश रेंज लगायत महत्वपूर्ण टाकुरामा आफ्नो कब्जा कायम गरे । दुई वटै मुलुकहरूले लगभग १ लाख सैनिक उक्त क्षेत्रमा तैनाथ गरेका छन् । सैनिक स्तरीय १५ पटक वार्ता भएतापनि सीमामा सैन्य भण्डारणको काम जारी रहेको छ । संसारमा सब भन्दा धनि भूत रूपले वार्ता गर्ने नेता सी र मोदी भएतापनि ग्लवान घटना उपरान्तयीदुई नेताहरू विच संवादभएका छैन् चीन(भारत सम्वन्धको विभिन्न आयमहरूलाई आलोकित गर्दै वडो चहकिलो र गहकिलो भाषामा भारतकापूर्व राजदूत स्यामशरणले “हाउचाइना सी द इडिंया एण्ड द वल्र्ड” नामक पुस्तकप्रकासित गरेका छन् । भारत डोक्लमदेखि ल्लवान घॉटीसम्मको तनावलाई सूत्रात्मक भाषामा उनले व्याख्या गरेका छन् ।

सन् २००३ देखि सन् २००८ सम्म भारतको उच्च आर्थिक वृद्धि दर थियो । लगभग ८ देखि ९ प्रतिशतको वृद्धि दरले गर्दा भारतको आर्थिक आकार भण्डै चीन जस्तो हुने जानकारहरूको आङकलन थियो । यही परिवेश र अवस्थामा सन् २००५ मा भारत अमेरिकाबीच चन्युकिलियर सम्झौता भएको थियो । सन् २००३ मावा जपेयीको चीनयात्राले गर्दा सम्बन्ध मान्यानोपन थपिएको थियो । चीनियाँ नेतृत्वले नयॉ नक्सा भारतलाई दि‘दै सिकिम्म भारतको अभिन्न अङ्ग भएको कुरा उद्घोष गरेका थिए । चीनियॉ नेतृत्व पङ्क्ति र भारतका तत्कालीन प्रधानमन्त्री डा.मनमोहन सिंह बिच एउटा समझादारी भएको थियो । तदनुरूप सीमा समस्यालाई थाती राख्दै व्यापारिक सम्बन्धलाई घनिभूत रूपमा बढाएको खण्डमा दुई देश बिच आउने दिनमा सघन सम्बन्ध हुने दुईओटै नेतृत्व पङ्क्तिको बुझाई थियो ।

यही सम्झौताको धरातल मायीदुई मुलुकहरूले १ विलियन डलरवाट १०० विलियन कारोबार वढाउन सफल भएका थिए । तर वर्तमान अवस्था पृथक भएको श्याम शरणको बुझाई रहेको छ । सन् २००८को आर्थिक मन्दीको प्रचूर मात्रामाला भालिदै चीनले आर्थिक क्षेत्रमा अभूतपूर्व विकास गर्न सर्मथ भएको छ ।सन् २०१० उपरान्तचीनको स्वर, शैल र समवादमा परिर्वतनभयो । सन् २०११ र सन् २०१२ ताका चीनियॉ अधिकारीहरूले आफ्नो आर्थिक विकासको दम्भलाई कूटनीतिक भाषामा नै अभिव्यक्तगर्न थाले । अर्थात् भारत भन्दापॉच गुणा ठुलो आर्थिक आकार भएको मुलुक भएको कारणले गर्दा चीनियॉ दवाव अनवरत रूपमा बढ्दै गयो ।

अर्को तर्पm भारतलाई दबावमा राख्न चीनले आफ्नो  दक्षिण एसियाली नीतिमा गुरुयोजना सहित अगाडि वढ्यो । चीनले श्रीलङ्काको हम्ववन टोटाबन्दरगाह र पाकिस्तानको ग्वादर बन्दरगाहमा प्रचूरमात्रामा लगानीगर्दै अन्य दक्षिण एसियाली मुलुकहरूमा आफ्नो निवेश र नियन्त्रण बढायो । हुनतःचीनियॉ नीतिले गर्दा पाकिस्तान र श्रीलङ्का आर्थिक दिवालीयापनको सङ्घारमापुगे । तर चीनियॉ नीति दिनप्रतिदिन आक्रामण हुनगएको छ । २० औं काङ्ग्रेसमा राष्ट्रपति सीले चीनको पुरानो भूभाग चीनियॉ सपनालाई आफ्नो सार्मथ्यको वलमा रूपान्तरित गर्ने सङ्कल्पका साथ दस्तावेज अनुमोदन गर्ने भएका छन् ।

हुनत जानकारहरूले यसलाई वामपन्थी लप्फाबाजी भने तापनियसको पराकम्पन ताइवान, भारत चीन सीमावर्ती क्षेत्र, सिनकाकु टापु, दक्षिण चीन सागर लगायत अक्साए चीनमा समेत हेर्न सकिने अवस्था हुन्छ । अर्थात् आउने दिनमा चीन आक्रमण हुने जानकारहरूको दावी रहेको छ ।उक्त तर्कसंग चीनिया सामरिक जानकारहरूको विमति रहेको छ । भारतका थिङ्क टङ्याक सेन्टर पोलिसीअ‘फ रिर्सचद्वारा आयोजित एक कार्यक्रममा चीनियॉ सामरिक जानकार पुंगले चीनभारत नीतिप्रति आफ्नो अभिमत राखेका छन् ।

उनको भनाई अनुसार भारतको क्वार्डमा (अमेरिका, अस्ट्रेलिया, जापान, भारत)को सदस्यहुनु, नयॉ क्वार्ड (इजरायल, यु.एई., अमेरिका, भारत)को सदस्य हुनु र हरेक अन्तर्राष्ट्रिय मञ्चमा अमेरिका र पश्चिमाशक्तिसंग सम्बन्ध बढाउनु भारतको लागि आत्मघाती हुने उनको बुझाइ रहेको छ । चीनसंग आर्थिक कारोबर बढाउ‘दै गएको खण्डमा सन् २०३० सम्म भारत एसियाको दोस्रो आर्थिक महाशक्ति र सन् २०५० सम्म विश्वको दोस्रो महाशक्ति हुन सक्ने चीनियॉ सामरिक जानकारको तर्क रहेको छ । तर धरातलीय अवस्था फरक छ ।

भारतले चीनलाई सीमामा निस्तेज गर्न चीनलाई कूटनीतिक र आर्थिक दवावमा राख्नु वाहेक अरु विकल्प छैन । कूटनीतिक रूपमाचीनलाई दवावमा राख्नु अमेरीका लगायत युरोपेली युनियनसंग सहकार्य गर्नु पर्ने हुन्छ । साथसाथै रसियासंग आप्mनो पारम्परिक सम्बन्धलाई कायम राख्दै चीन माथि आवश्यक दवाव कायम राख्नु पर्दछ । हिन्द महासागरिय क्षेत्रमा भारतीय जल सेनाको दबदवा पनि बलियो भएको कारणले गर्दा चीन दबावमा रहने गरेको छ ।ग्लवान घटनाले गर्दा चीनले आफ्नो उदीय मान बजार केही हदसम्म गुमाएको छ ।

भारतले चीनिया एप्स,प्रविधि र लगानीलाई निरुत्साहित गरिरहेको अवस्था छ । आर्थिक चीनले आफ्नो आर्थिक मर्हत्वकाक्षालाई परिपूर्ति गर्न उच्च स्तरीय सम्वादको माध्यमबाट सीमा समस्यालाई निरुपण गर्नु   पर्दछ ।वर्तमान परिवेशमाचीनको सम्बन्ध अमेरिका, युरोप लगायत, जापान, भारत, अस्ट्रेलिया लगायत आसीयानसंग समेत चिसिएको छ । चीनले विगत ३० वर्षमा ८०० मिलियन जनतालाई गरिवी रेखा मुनिबाट वाहिर ल्याएको उदाहरण छ ।

आफ्नो विकासको यात्रालाई निरन्तरता दिन चीनले आफ्नो नीतिका आमूल परिर्वतन ल्याउनु पर्दछ । यस अवस्थामा भारत-चीनको सम्वन्ध सुमधुर हुनगएको खण्डमा दक्षिण एसियाली मुलुकहरू समेत विकास र प्रगतिको धावकहुन सक्दछ ।