|  

सीसीटीभी फुटेज बारे अनुसन्धान गर्ने टिम आफै जानुपर्नेमा अनुरोध गरेर उक्त साधन मगाइयो (भिडियोसहित) 

७ श्रावण, काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक लगातार रुपमा बसिरहेको छ ।

छानबिन समितिको लागि दिएको १० दिनकोे समय सकिँदा पनि छानबिन समिचिले निचोड निकाल्न नसकेपछि पुनः ७ दिनको लागि म्याद थपिएको छ ।तत्कालीन अर्थमन्त्री शर्माले २०७९ र ०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।उक्त छानबिन समिति बनेसँगै पूर्वअर्थमन्त्री शर्माले अर्थमन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् ।

उक्त छानबिन समितिले शर्मा झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।उक्त बयानमा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपलाई अस्वीकार समेत गरेका छन् । समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ ।यसैबीच यता नेपाल प्रहरी हेमन्त मल्ल ठकुरीले भने अर्थमन्त्रालयमा भएको सीसीटीभी लगायतका प्रमाणहरुलाई किन सुरक्षति गरिन भनेर प्रश्न समेत गरेका छन् ।

हेडलाईन  नेपालको हेडलाईन विशषेमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थमन्त्रयमा गएर डिजिटल फोरेन्सिकसले आफै गएर उक्त प्रमाण जुटाउनु पर्नेमा अर्थबाट सीसीटीभी मगाएर भेरिफाइ गरिहेको छ जुन अनुसन्धानको नियम विपरित हो ।उनले भने, जुन ठाउँमा घटना हुन्छ त्यो ठाउँमा इन्भेष्टमेन्ट टिम आफै जानुपथ्र्यो,त्यहाँ गएर प्रमाणको मात्र अरु पनि हुन सक्छ त्यो छानबिन गर्नुपथ्यो । सीसी टीभी त अर्थमन्त्रालयमा मात्र नभएर बाहिर पनि छ सिंह दरबारमा पनि छ अनि त्यो मान्छे त्यहाँ आएको छ कि छैन त्यो त थाहा हुन सक्थ्यो नि तर, त्यो हुन सकेन । छानबिन गर्ने टिम उल्टो बाटो तिर लाग्यो  ।