|  

नवनियुक्त अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

१५ श्रावण, काठमाडौं ।नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा  आयोजित समारोहमा शपथ लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।