|  

नेपाल खुला विश्वविद्यालयले खुलायो एक वर्षे बिएडमा भर्ना !

१६ श्रावण, काठमाडौं । नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खुलाएको छ ।

सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो । इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन । सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो । अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।