|  

चैतसम्म रिक्त हुने शिक्षकको विवरण माग

१६ श्रावण, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ ।

७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक दरबन्दी विवरण पठाउन ताकेता गरेको हो । जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन । अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको छ।

२०७९ वैशाख १ देखि चैतसम्म रिक्त हुने शिक्षकको विवरण माग भएको छ।