|  

अश्लील भिडियो बनाएर गाउँभर सेयर गरेको भन्दै एक प्रहरीको नाक,कान र ओठ काटिएपछि........

१७ श्रावण, काठमाडौं ।पाकिस्तानको पञ्जाब प्रान्तको झाङ जिल्लामा एक विवाहित महिलाको अश्लील भिडियो बनाएर गाउँभर सेयर गरेको भन्दै एक प्रहरीको नाक, कान र ओठ काटिएको छ।

घाइते प्रहरी जवानलाई सिभिल अस्पताल झाङमा भर्ना गरिएकोमा उनको अवस्था खतरामुक्त रहेको र उनलाई १३ भन्दा बढी चोट लागेको मेडिकल अधिकृतले पुष्टि गरेका छन् ।प्रहरी जवानलाई यातना दिने बाबु छोरासहित तीनजनालाई पक्राउ गरिएको  एक स्रोतले जनाएको छ । डीपीओका अनुसार प्रहरी जवानमाथि महिलाको अश्लील भिडियो बनाएर सेयर गरेको आरोप लागेको छ, जसको आधारमा प्रहरी जवानमाथि मुद्दा दर्ता गरी निलम्बन गरी अनुसन्धान जारी छ ।

पञ्जाबको झाङ जिल्लाको सहज्वल गाउँमा ती पुलिसकर्मीले कथित रूपमा एउटी महिलालाई भेट्न बोलाएका थिए र नभेटेमा महिलाको छोरालाई मार्ने धम्की दिएका थिए ।कथित रुपमा महिलाको उनीसँग सम्बन्ध थियो । एफआइआरका अनुसार जब महिलाले प्रहरीलाई भेटिन् उनले जबरजस्ती महिलाको नग्न भिडियो बनाए र पछि त्यही भिडियोको आधारमा महिलालाई ब्ल्याकमेल गरे पैसा मागे।उक्त प्रहरीले भिडियो भाइरल बनाउने धम्कीपछि उनलाई पैसा दिन महिलाले पहिले आफ्नो गहना १ लाखमा बेचिन् र त्यसपछि १.५ लाखमा भैंसी बेचिन् ।

तर, बारम्बार पैसा लिएर पनि प्रहरीले पिछा नछाडेपछि महिला दिक्क भइन् र थप पैसा दिइनन् । प्रहरीले उक्त भिडियो क्लिप महिलाका सबै आफन्तहरूलाई पठाएका थिए, जसमा अधिकांश आफन्तहरूले महिला र उनको परिवारसँग यस विषयमा सोधपुछ गरे।भिडियो क्लिप भाइरल भएपछि महिलाका छोराले स्थानीय पुलिस स्टेशनमा दिएको उजुरीका आधारमा उनीविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा ३५४, ३८४ र २९२ अन्तर्गत मुद्दा दर्ता गरेको थियो, तर प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेन ।

प्रहरी प्रवक्ताले अभियुक्तले पक्राउ गर्नुअघि अदालतबाट अन्तरिम धरौटी लिएको र अश्लील भिडियो बनाएर शेयर गरेको विषयमा अनुसन्धान भइरहेको बताए ।प्रहरी जवान कासिम हयात विरुद्ध मुद्दा दर्ता भए पनि महिलाका श्रीमान् र छोराहरूले कानून हातमा लिए । स्रोतका अनुसार उनको दुवै कान, ओठ र नाक काटिएको थियो, खुट्टामा पनि चक्कुले प्रहार गरिएको थियो जसका कारण उनी बेहोस भए, त्यसपछि उद्धारकर्तालाई खबर गरिएको थियो, जसले उनलाई अस्पताल पुर्‍याए।