|  

बिबिएलले सार्वजनिक ग¥यो ड्राफ्ट, कप्तान सन्दीप पनि परे ड्राफ्टमा

१८ श्रावण, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल)को नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन ।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बिबिएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन । पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।

यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।