|  

मनकामना केबलकारमा डिजिटल कनेक्ट सिस्टम जोडिँदै 

१८ श्रावण, काठमाडौं । मनकामना केबलकार आगामी साउन २३ गतेदेखि बन्द गरिने भएको छ ।

सिस्टम अपग्रेड गर्ने भन्दै अर्को सूचना जारी नभएसम्म साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा लैजान सिस्टम अपग्रेड हुँदैछ ।

सिस्टम अपग्रेड गर्न अनुमानित ५/६ हप्ता लाग्ने कम्पनीको भनाइ छ । अपग्रडका लागि अष्ट्रियाबाट प्राविधिक टिम आउँदै छ । त्यसकारण ५/६ हप्तासम्म मनकामना केबलकारको सेवा बन्द हुनेछ । नेपालको पहिलो केबलकार मनकामना केवलकार स्तरोन्नतिपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ ।