|  

अब अमेरिकाको सरकारी विद्यालयमा नेपाली डा.विष्णुमाया परियारको जीवनी

१८ श्रावण, काठमाडौं । नेपालमा जन्मिएकी अधिकारकर्मी डा.विष्णुमाया परियारको जीवनी अमेरिकी सरकारी विद्यालयमा पनि पढाइ हुने भएको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको लागि कक्षा ७ को पाठ्यक्रममा परियारको जीवनी समावेश गरिएको हो ।विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य’ शीर्षकको १२ पाठमा डा.परियारको वृत्तचित्र ‘अनटचेबल’ समावेश गरिएको एक स्रोतले जनाएको छ ।

उक्त पाठमा नेपालको जातीय विभेद र सामाजिक असमानताका बिषय समेटिएको छ । परियारको जीवानीबाट नेपालमा जातिय छुवाछुतबाट सिर्जित सामाजिक असामानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा.परियारको संलग्नता रहेको बारे विद्यार्थीहरुले पढ्नु पर्नेछ ।