|  

बम्जीजम्प गर्दा डोरी चुडिएर एक महिला सय फिट उचाइबाट सिधै भुइँमा खसेपछि..........

१८ श्रावण, काठमाडौं ।कजाकिस्तानमा एक महिलाको फ्री-फ्लाई जम्प गर्दा खसेर मृत्यु भएको छ ।

श्रीमानको आँखा अगाडि श्रीमतीको मृत्यु भयो र श्रीमानले उनलाई बचाउन केही गर्न सकेनन् ।वास्तवमा ती महिला फ्री-फ्लाई जम्प प्रयास गर्दै थिइन् ।सोही क्रममा दुर्घटना भयो र उनी सय फिट उचाइबाट सिधै भुइँमा खसेर उनको मृत्यु भयो ।यस मामिलामा फ्री-फ्लाइ जम्प प्रशिक्षक अलेक्जेन्डर मुझिनाकसलाई ४ वर्षको जेल सजाय सुनाइएको छ।युवतीको नाम येभजेनिया लियोन्टेवा हो।

उनी ३३ वर्षकी थिइन् ।उनको १० अक्टोबर २०२१ मा फ्री–फ्लाई जम्पको क्रममा मृत्यु भयो। अब कजाकिस्तानको अदालतमा मुद्दाको सुनुवाइका क्रममा ती महिलाको श्रीमान् अलेक्जेन्डर ताकाचेन्कोको उपस्थितिमा मृत्यु भएको बताइएको छ ।ताकाचेन्कोले भने,‘मेरो आँखा अगाडि श्रीमतीको मृत्यु भयो।’ अदालतमा भनिएको छ कि येभजेनिया भन्दा पहिले उनकी एक साथी फ्री फ्लाई गएकी थिइन् ।र उनले यसलाई सफलतापूर्वक पूरा गरिन् ।

साक्षीहरूले अदालतमा भने कि जम्प गर्नु अघि येभगेनिया डराएकी थिइन्। तर प्रशिक्षकले बारम्बार हाम फाल्न भनेका थिए ।यसपछि अलेक्ज्याण्डरले श्रीमतीलाई ‘आई लभ यू’ भने र उनी हाम फालिन् ।रिपोर्टका अनुसार जम्पमा प्रयोग गरिएको सपोर्टिङ डोरी रुखमा बाँधिएको थिएन। जसका कारण महिला हावामा झुण्डिनुको सट्टा सिधै भुइँमा रहेको फलामको बारसँग ठोक्किएकी थिइन् ।

छतबाट हाम फालेको देखेर अन्य मानिसहरू चिच्याउन थाले र तल उपस्थित व्यक्तिहरू महिलालाई मद्दत गर्न दौडिन थाले।ताकाचेन्कोले भने-‘म आफ्नी श्रीमतीलाई सहयोग गर्न गएको थिएँ ।मेरो आँखा अगाडि श्रीमतीको अवस्था नाजुक भयो ।म स्तब्ध र आतंकमा थिएँ। यो स्पष्ट रूपमा व्यवस्थापनको गल्ती थियो।’ एक सय फिटको उचाइबाट खसेको कारण येभजेनियाको खोपडी नराम्ररी भाँचिएको थियो र उनको शरीरको दाहिने भागमा धेरै चोट लागेको थियो ।

उनलाई तत्काल अस्पताल लगियो तर पछि उनको मृत्यु भयो ।येभजेनियाका तीन छोराछोरी छन्। सबै १४ वर्ष मुनिका छन् । यस मामलामा, प्रशिक्षक मुजिनिकासलाई सुरक्षा नियमहरूको पालना नगरेको र लापरवाहीका कारण मृत्यु भएको दोषी ठहराइएको छ। उनलाई ४ वर्षको जेल सजाय सुनाइएको छ ।