|  

साफ यु- २० मा नेपाल बाहिरियो, भारत फाइनलमा

१८ साउन, काठमाडाैं ।

नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पाँच टोलीको राउण्ड रोबिन लिगमा तेस्रो स्थानमा रहँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

 

 

पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाएका छन् । जसमा बंगलादेश र आयोजक भारत रहेका छन् ।

मंगलबार राति भएको निर्णायक खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै भारत फाइनलमा पुगेको हो ।

शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको बंगलादेशले १० अंक जोड्दा दोस्रो स्थानको भारतले नौ अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको नेपालले सात अंक जाडेको छ ।

बंगलादेश र भारतबीचको फाइनल खेल शुक्रबार हुनेछ ।