|  

यू-२० नेपाली फुटबल टोली आज स्वदेश फर्किदैँ

१९ श्रावण, काठमाडौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली आज दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। यस्तै, भारतसँग ८-० ले हार्दा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो।