१९ श्रावण, काठमाडौं ।नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज केहीबेरमै इन्जिनमा समस्या देखिएपछि फेरि नेपालगन्ज नै फर्किएको छ।
श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।
जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्।