|  

सेयर बजार नेप्से ३८ अंकले घट्यो 

१९ श्रावण, काठमाडौं । साताको कारोबारको पाचौ दिन आज (बिहीबार) सेयर बजार नेप्से घटेको छ ।

आज नेप्से ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

२ सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो ।युनाइटेड मर्दी हाइड्रोको सेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज समग्र बजार घटेपनि विन्ध्यवासिनी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।