१९ श्रावण, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट २ हजार ५ सय ८९, एन्टीजेन विधिबाट ३ हजार ३ सय ३७ जनामा परिक्षण गर्दा थप ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ६ सय २ रहको मन्त्रालयले जनाएको छ ।