|  

द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा

२० श्रावण, काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ ।

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ । चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ आउट भएका छन् । पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि चौथो सिजनमा अटाउन सकेकी छैनन ।

गायक प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाएका छन । डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा रहेको आयोजकले जनाएको छ । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतियोगिले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । 

राजेश पायल र प्रविशाले चौथो सिजनमा कोचका रुपमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन ।