|  

शाइन रेसुंगा डेभलपमेन्टको खुद नाफा ६४ करोड ५२ लाख रुपैयाँ 

२० श्रावण, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा २८.१०५ ले धेरै हो । अघिल्लो वर्ष बैंकले ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.४४५ र २८.३९५ ले बढेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २४.०३५ ले बढेर ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २२.२०५ र १८.२६५ ले बढेको छ । यसको खराब कर्जा घटेर ०.९६५ मा झरेको छ । शाइनको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसाले बढेर १७ रुपैयाँ ०७ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०३ पैसा छ ।