|  

तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक

२० श्रावण, काठमाडौं । हरितालिका तीज पर्वलाई लक्षित गरी बनाइएको तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएको छ ।

उक्त गीतमा चितवनका बाल गायक प्रिन्स सिलवाल र सन्ध्या बुढा (काउलीबुढी) को स्वर रहेको छ । सो गीतमा बाध्यताले विदेशीनु परेको बुवा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले कलात्मक तरिकाले प्रस्तुत गरेका छन ।

‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक गरिएको गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गरेका छन ।

यस्तै, सो गीतको भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा,नम्रता शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका हुन ।