|  

सुनको भाउ लगातार बढ्दै

२० श्रावण, काठमाडौं । आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।