|  

एआईजी पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा

२० श्रावण, काठमाडौं । आजबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन ।

५६ वर्षीय उमेर हदका कारण एआईजी पोखरेलले आजबाट अनिवार्य अवकाश पाएका हुन । सरकारले आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) बनाएको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए ।

पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधन कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो । केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाएको जनाएको थियो ।  अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका छन ।

उनी अवकाशमा गएसँगै नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त भएको छ।