|  

यस्ता छन्र पल शाह मुद्धाको फैसलामा ढिलाइ हुनुका कारणहरू ! (भिडियोसहित)

२० श्रावण, काठमाडौं । पल शाह घटनामा मुछिएका र आरोप लगाउने गायिका समेत आफ्नो पुरानै जीवन शैलिमा यति बेला फर्किसकेका छन् । तर पल शाह भने अझै हिरासतमा नै बस्न बाध्य छन् ।

आरोप लगाउने ब्यक्ति समेतले बयान फेर्दा पनि पल मुद्धाको फैसला अझै हुन सकेको छैन । गायिकाले बयान फेरेपनि त्यो मुद्धासँग जोडिएका केहि ब्यक्तिले बयान नफेर्दा बकपत्र गर्न समय लागेको छ जसकारण पनि पल मुद्धाको किनारा लाग्न नसकेको देखिन्छ ।

त्यतिमात्र हैन, पल शाहको मुद्धाको फैसला ढिला हुनुमा २ वटा जिल्ला अदालतमा मुद्धा दर्ता गराइनु र गर्नु रहेको पनि कानुनका जानकारहरुले बताउने गरेको पाइन्छ । पल मुद्धामा ढिलाइ हुनुको अर्को कारण पल पक्षका वकिलहरुको इच्छा शक्ति कमजोर हुनु हो । किनभने त्यहा जुन खालको लिड लयरले गर्नुपर्ने भुमिका हुन्छ त्यो भुमिका निर्वाह गरेको देखिदैन ।

त्यस्तै पलको पक्षमा निशुल्क वकालत गर्न तयार छु भन्ने यज्ञमणि न्यौपानेजस्ता अधिवक्तालाई समेत पलको पक्षमा बहस गर्न रोकिएको छ । यसबाट अझै उनी जेलमै बसुन भन्ने कुनै तत्वले चाहेको प्रष्ट हुन्छ ।

त्यस्तै पलको विषयमा पछिललो समय सार्वजनिक भएका भ्रामक समाचारदेखि लिएर कानुनमा भएका त्रुटिहरुले पनि उनको मुद्धामा ढिलाइ भएको देखिन्छ । यस्ता विविध कारण रहेका छन् जसकारण पल शाह अहिलेपनि कारागारमै जीवन विताइरहेका छन् ।