|  

तत्कालका लागि ब्याजदर नबढाउने बैंकहरुकाे सहमति 

२० श्रावण, काठमाडौं । नेपाल बैंकर्स संघको बैठकले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुको नाममा परिपत्र जारी गरेपछि आज विहान संघको बैठक बसेको थियो । आज भएको छलफलमा तत्कालका लागि बैंकहरुले ब्याजदर नबढाउने सहमति गरेका छन् । अहिलेलाई ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाको ब्याजदरका बिषयमा भने अहिले कुनै निर्णय नभएको नेपाल बैंकर्स संघका अध्यक्ष एबं कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायले बताए ।

अब भदौका लागि के गर्ने भन्ने बिषयमा फेरी अर्को पटक बस्ने बैठकले निर्णय गर्ने उनको भनाइ छ ।