|  

आफ्नै थातथलोमा फर्किदैँ सप्तकोशी विस्थापित बासिन्दा 

२० श्रावण, काठमाडौं । सप्तकोशीमा पानीको सतह घटेसँगै बाँध फुटाएर बस्ती पसेको पानीको सतह पनि घटेको छ।

उदयपुरको बेलका नगरपालिका १ डुम्रीबोटेबाट सप्तकोशी गत मंगलबार पुरानै धारमा बग्न सुरु गरेको थियो । जसको कारण बेलका नगरपालिकाको १, २, ३,८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानवबस्ती जोखिममा छ ।त्यस्तै सुनसरीको बराह नगरपालिकाको ९ र ६ नम्बर वडाका २० हजार मानिस प्रभावित भएका थिए ।

तर, दुई दिनयता कोशीमा पनि पानीको बहाव कम भएको र बाँध फुटेको स्थानबाट बस्ती पसेको पानीको सतह पनि कम भएका कारण कम जोखिमको महसुस गर्दै सर्वसाधारण आफ्नै थातथलोमा फर्किएका हुन्।बाँध फुटेको स्थानमा पानी घटेसँगै तत्काल बाँध निर्माणमा सरकार जुटेको छ ।