|  

महिला बास्केटबल खेलाडी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय

२० श्रावण, काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

रूसी अदालतले लागू औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई सो सजाय सुनाएको हो।दुई पटक ओलम्पिक स्वर्ण विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागुऔषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन्।

आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरे पनि अदालतले उनको याचना नसुनी सजाय सुनाएको हो।यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन्।