|  

१२ थान मोबाइलसहित  भारतीय नागिरक पक्राउ 

२० श्रावण, काठमाडौं । भन्सार छली चोरी पैठारी गरी ल्याएको मोबाइलसहित भारतीय नागरिक पक्राउ गरेका छन्।

पक्राउ  पर्नेमा भारत पञ्जाब घर भई गौसला बस्दै आएका ३५ वर्षीय संदीप अहुजा रहेका छन् । अहुजालाई काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

अहुजाले आइफोन, सामसुङ, ओपोलगायत १२ थान मोबाइलसहित पक्राउ परेका थिए। उनलाई गौशालाको होटल कल्चर इनबाट पक्राउ गरिएको थियो।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले ल्याएको आइफोन एक्सआर, भिभो र इन्फिनिक्स एक(एक थान, सामसुङ मोबाइल दुई थान र ओप्पो ७ थान बरामद गरेको छ।