२० श्रावण, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट २ हजार ९सय ४१, एन्टीजेन विधिबाट ३ हजार ५ सय ५० जनामा परिक्षण गर्दा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।त्यस्तै ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ७ सय ६० रहेको मन्त्रालयले जनाएको छ ।