|  

काठमाडौंको गौशलाबाट क्यानाडा पठाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ

२० श्रावण, काठमाडौं । काठमाडौंको गौशलाबाट प्रहरीले ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन् ।शर्पाले क्यानडा पठाइदिने भन्दै सात लाख ठगी गरेको आरोप छ।

पीडितलाई क्यानडा जान १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरेको आरोप पक्राउ गरेको हो ।शेर्पाले पीडितलाई प्रलोभनमा पारी रकम लिई सम्पर्कविहिन भएकी थिइन्।

सम्पर्कविहीन भएकी उनलाई वैदेशिक रोजगार विभागले खोजतलास गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेको थियो।प्रहरीले शेर्पालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको जनाएको छ।