|  

उपत्यकामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि

२० श्रावण, काठमाडौं ।पछिल्लो २४  घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज काठमाडौंमा ३ सय २१, भक्तपुरमा १५ र ललितपुरमा ५४ जना संक्रमित थपिएका हुन् ।योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या चार हजार ८ पुगेको छ ।