२० श्रावण, काठमाडौं ।चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेकी छन् ।
बिकको दक्षिणकाली सामुदायिक जंगलमा जंगली हात्तीको आक्रमणमा आज दिउँसो मृत्यु भएको हो ।साथीहरूसँग घाँस काट्न उक्त जंगलमा गएकोमा हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।