|  

होटलको तीन तलाबाट खसेर १ भारतीय नागरिकको मृत्यु

२० श्रावण, काठमाडौं । कास्कीको पोखरामा होटलको तीन तलाबाट खसेर १ भारतीय नागरिकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-६ लेकसाइड गौरीघाटस्थित होटल पोखरा इन्टरनेसनलको ३ तला माथिबाट खसेर भारत मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको हो ।

सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तला माथिबाट खसेर मृत्यु भएको हो ।