|  

जंगली च्याउ खाँदा एर्क परिवारका ४ जना बिरामी

२० श्रावण, काठमाडौं । सल्यानमा जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन्।

विषालु च्याउ खाँदा शारदा नगरपालिका-४ साइलाकम्तकी ४० वर्षीया हिमा कुमारी बस्नेत, २५ वर्षीया पार्वती बस्नेत, ५ वर्षीय तोषण बस्नेत र ९ वर्षीय तुहान बस्नेत बिरामी परेका हुन् ।

बिरामी परेको सबैलाई अहिले जिल्ला अस्पताल सल्यानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।जंगली च्याउ खाएपछि उनीहरूमा झाडापखाला, पेट दुख्ने,प्रेसर लो हुने समस्या देखिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ।बिरामी परेका सबै अहिले खतरामुक्त रहेको बताइएको छ ।