|  

नक्कली नेपाली नोटसहित चार युवक पक्राउ

२० श्रावण, काठमाडौं ।रौतहटमा नक्कली नेपाली नोटसहित चारजना युवक पक्राउ परेका छन् ।

मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गर्ने चार जना युवक पक्राउ परेका हुन ।पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-४ ईनरवारिका २० वर्षीय संतोष पटेल,२९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेका छन् ।

दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा १ हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट १ हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।

प्रहरीको अनुसन्धानबाट पटेलसँगै अन्य तिनजना पनि नक्कली नोटको कारोबार गर्दै आएको खुलेको हो । पक्राउ परेका चारैजनामाथि आवश्वक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।