२० साउन, काठमाडाैं ।
अामामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काग्रेंस एक्लैले ६० प्रतिशत सीट दाबी गरेको छ । सीट बाँडफाँड पेचिलो बन्ने भएसँगै शुक्रबार बालुबाटारमा बसेको सत्ता गठबन्धनले यस्का लागि कार्यदल बनाउने निर्णय गरेको छ ।
कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका १६५ सिटमा काँग्रेसले ६०–४० को प्रस्ताव राख्न लागेको हो ।काँग्रेस एक्लै लड्दा पनि ८० सिट जित्ने आङ्कलन गर्दै काँग्रेस कुनै पनि हालतमा त्योभन्दा तल गएर सहमति नगर्ने मुड बनाएको छ । उता गठबन्धनमा आवद्घ अन्य दलले भने ५०–५० को भागबन्डा हुनुपर्ने बताइरहेका छन् ।
काँग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा काँग्रेसको एकल बहुमतको नजिक पुग्न सकिने काग्रेंस नेताहरुको बुझाई छ ।
तर माओवादी लगायत अन्य दलले काँग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरूले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।
काँग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरूले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरूको पनि सहमति रहेको बताइन्छ ।
काग्रेंस ६०–४० नछोड्ने र अरु दल ५०–५० घटी मान्ने अवस्था आए गठबन्धन कुनैपनि दिन भत्कन सक्छ ।