|  

गगन थापाद्धारा कांग्रेसको झन्डा फहराउने गरी निर्वाचनको तयारीमा लाग्न आग्रह

२१ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

आज भक्तपुरमा स्वर्गीय श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा  श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले भक्तपुरका दुबै क्षेत्रमा कांग्रेसको झन्डा फहराउने गरी तयारी गर्न आग्रह गरेका हुन्।