|  

पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३१ घाइते

२१ श्रावण, काठमाडौं । क्रोएशियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने, अन्य  ३१ जना घाइते भएका छन् ।

पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको एक स्रोतले जनाएको छ ।घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ ।

ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए ।