|  

काभ्रेमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

२१ श्रावण, काठमाडौं । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिकाण्१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १० जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूबाट प्रहरीले एक लाख ९६ हजार ३६० रुपैयाँसहित फेला पारेको हो।