|  

मुल्यवृद्धि नियन्त्रण गर्ने काममा सरकार पूर्णरुपमा असफल भयोः पोखरेल

२१ श्रावण, काठमाडौं । प्रमुख प्रतिपक्ष दल (नेकपा एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्षमा विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताए।मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भएको उनले बताए।

यसका साथै उनले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे। उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे।