|  

कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिड बनेः ओली

२१ श्रावण, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बनेको टिप्पणी गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिड बनेको बताए।कांग्रेसको बिड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँड कस्ता छन् के के नामका छन् ?’ उनले प्रश्न गरे ।