|  

बुल्गेरियामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते

२१ श्रावण, काठमाडौं । बुल्गेरियामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ८ जना घाइते भएका छन् ।

उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो ।रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए ।

उक्त दुर्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।