|  

एमफिलका विभिन्न विषयमा नयाँ भर्ना खुल्यो

२५ श्रावण, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले दर्शनाचार्य विद्यावारिधि (एमफिल) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।

शैक्षिक वर्ष २०७९ का लागि एमफिलका विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहानेहरुका लागि आवेदन माग गरेको हो । एमफिलका विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २४ गतेसम्म नियमित शुल्कमा र असोज २ गतेसम्म देब्बर शुल्कमा आवेदन दिन सक्ने छन् ।