|  

आगामी निर्वाचनमा अनलाइन भोटिङ सिस्टम लागु गर्नुपर्नेमा जोड (भिडियोसहित)

२७ श्रावण, काठमाडौं । आगामी निर्वाचनमा सवैलाई सहभागी गराउने उदेश्यले अनलाइन भोटिङ सिस्टम लागु गर्नुपर्नेमा जोड दिइएको छ ।

यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गइरहेको बेला धेरै भन्दा धेरै मतदातालाई कसरी सहभागीता गराउन सकिन्छ भन्ने कुरामा पनि छलफल भइरहेको छ । यसैवीचमा अनलाइन भोटिङ सिस्टम लागु गर्नुपर्ने भन्दै विश्व शान्ति फाउण्डेशनका महासचिव बैज्ञानिक कपिल पौडेलले गत २२ गते निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले विदेशमा रहेका मतदातालाई पनि सहभागी गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अब नेपालमा पनि निर्वाचन पद्धतीमा डिजिटल प्रविधि भित्र्याउन पर्ने समय आएको छ । 

आफुहरुले यसका लागि छुट्टै टिम निर्माण गरेको पनि उनले दाबी गरे । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । भिडियाे पनि हेर्नुहाेस ।